ad ad

समाज


पर्सामा काठ तस्कर र प्रहरीबीच झडप, तीन राउन्ड गोली चलाइयो

पर्सामा काठ तस्कर र प्रहरीबीच झडप, तीन राउन्ड गोली चलाइयो

नेपालखबर
भदौ २८, २०७८ सोमबार १२:२८, काठमाडौँ

पर्सामा प्रहरी तस्करीका काठ नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायर गरेको छ। सोमबार बिहान काठ तस्करी भइरहेको समयमा जिल्ला प्रहरी कार्यालयबाट गएको साधा पोसाकको प्रहरीमाथि काठ तस्करले आक्रमण गरेपछि हवाइ फायर गरेको पर्साका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताए। 

पटेर्वासुगौली गाउँपालिका ४ स्थित फरहदवाको जंगलबाट मोटरसाइकलमा काठ ल्याउँदै गरेको समूहलाई प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो। तर उनीहरुले नै ढुंगामुढा गर्न थालेपछि पेस्तोलबाट ३ राउण्ड हवाइ फायर गरेको एसपी पाण्डेले बताए। 

प्रहरीले हवाइ फायर गरेपछि मोटरसाइकल र काठ छाडेर उनीहरु भागेका थिए। बीआर २२ एफ ४१०८  नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल र ना ४० प ९३९६ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले फरार काठ तस्करको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .