ad ad

समाज


नेपालले जतिसक्दो छिटो एमसीसी अनुमोदन गर्नुपर्छ : फातिमा सुमार

दलहरुलाई राजनीतिकरण नगर्न आग्रह
नेपालले जतिसक्दो छिटो एमसीसी अनुमोदन गर्नुपर्छ : फातिमा सुमार

नेपालखबर
भदौ २७, २०७८ आइतबार २१:३६, काठमाडौँ

अमेरिकी विकास सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारले नेपाल सरकारले एमसीसी सम्झौता चाँडै कार्यान्वयनमा लैजाने विश्वास व्यक्त गरेकी  छन्। 

अमेरिका फर्किनुअघि आइतवार सीमित सञ्चारकर्मीबीच आयोजित पत्रकार सम्मेलनमा उनले नेपाल र अमेरिकाबीचको एमसीसी सम्झौता कार्यान्वयन हुनेमा आफू आशावादी रहेको पनि बताएकी छन्। 

‘सन् २०१७ मा भएको सम्झौताअनुसार नेपालले चाँडै नै संसदबाट एमसीसी अनुमोदन गरेर कार्यान्वयन गर्नेछ’, उनले भनिन्, ‘नेपालले जति सक्दो छिटो यो सम्झौता अनुमोदन गर्छ, त्यति नै धेरै यहाँको थलिएको अर्थतन्त्रलाई यसले फाइदा गर्छ ।’

उनले सबै राजनीतिक दलसँगको भेटमा पनि एमसीसी कार्यान्वयन गर्न जोड दिएकी थिइन्। पत्रकार सम्मेलनमा पनि उनले एमसीसीलाई राजनीतिकरण नगरी पास गर्न नेपाली दलहरूलाई आग्रह गरिन्।

चार दिने नेपाल भ्रमणका क्रममा भएका राजनीतिक भेटवार्तामा उनले एमसीसी यथाशक्य चाँडो कार्यान्वयनमा लैजान भनेकी थिइन्। 

उनले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रमुख दलका नेताहरूलाई भेटेर एमसीसी तत्काल अनुमोदन गर्न भनेकी  थिइन्। 

सुमारले यो सम्झौतालाई नेपालको आर्थिक हितसँग जोडेकी छन्। फातिमाले अब ढिला नगर्न आग्रह गर्दै पास गर्ने भए हुन्छ भन्न आग्रह गरिन्। यदि पास नगर्ने भए हुन्न भन्न पनि उनले नेताहरुलाई सुझाइन्।  

एमसीसी सम्झौता भएपछि अहिलेसम्म नेपालमा आठवटा सरकार बनिसकेका बताउँदै उनले यी सबै सरकारले कार्यान्वयनको प्रतिवद्धता जनाएको पनि स्मरण गराइन्

उनले यो सम्झौताको कुनै अन्तिम समय सीमा नरहेको पनि उल्लेख गरेकी छन्। तर नेपालले अब कार्यान्वयनमा ढिला गर्न नहुने उनको जोड थियो। 

नेपालमा अहिले सत्तारुढ कांग्रेस एमसीसीलाई जस्ताको तस्तै पास गर्ने पक्षमा छ। अर्कातिर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संशोधन गरेर  मात्रै पास गर्ने पक्षमा छन्। 

तर प्रमुख प्रतिपक्षी नेकपा एमाले भने एमसीसीलाई लिएर मौन छ। उसले पहिले सत्तारुढ दलहरुले आफ्नो कित्ता क्लियर गरेपछि मात्रै आफूले निर्णय लिने अडान एमालेले लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .