ad ad

समाज


वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा भट्टराई

वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा भट्टराई

नेपालखबर
भदौ २७, २०७८ आइतबार २०:८, काठमाडौँ

वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा उद्धवराज भट्टराई निर्वाचित भएका छन्। समाजको आज सम्पन्न १२औँ साधारणसभाले आगामी दुई वर्षका लागि भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो।

समाजको वरिष्ठ उपाध्यक्षमा इन्द्रलक्ष्मी घिमिरे, उपाध्यक्षमा रेशमराज पौडेल, महासचिवमा केशव भूल, सचिवमा निर्मला घिमिरे र कोषाध्यक्षमा मनुका कुँवर निर्वाचित भएका छन्।

यस्तै, सदस्यमा अरिश्मा मोक्तान, अमिर लामा, प्रविन राउत र सुरेन्द्र बजगाईं निर्विरोध निर्वाचित भएका समाजका सल्लाहकार रामजी बगालेले जानकारी दिए।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले विप्रेषणले मुलुकको अर्थतन्त्र धानिरहेको भन्दै अधिकांश नेपाली रहरले नभई वाध्यताले विदेशिनु परेको बताए। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले कोभिडले मुलुकको आर्थिक गतिविधि ठप्प बन्दासमेत विप्रेषणका कारण देशको अर्थतन्त्र चलायमान बनेको भन्दै वैदेशिक रोजगारले मुलुकलाई पु¥याएको योगदानको प्रशंशा गर्नुपर्ने बताए। 

नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठ, प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चका कार्यवाहक अध्यक्ष राजेन्द्र भण्डारीलगायतको सहभागिता थियो। कार्यक्रममा समाजको प्रकाशत ‘श्रम तथा आप्रवासन’ स्मारिका विमोचन गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .