ad ad

समाज


दीर्घ रोगीलाई मासिक पाँच हजार रुपैयाँ भत्ता

दीर्घ रोगीलाई मासिक पाँच हजार रुपैयाँ भत्ता

नेपालखबर
भदौ २५, २०७८ शुक्रबार १६:२०, काठमाडौँ

पाँच दलीय गठबन्धन सरकारले दीर्घ रोगीका लागि मासिक पाँच हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ। 

प्रमुख प्रतिपक्षी एमालेको विरोधकाबिच संसदमा प्रतिस्थापन विधेयक पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले दीर्घ रोगीलाई जीवन निर्वाह भत्ताका नाममा मासिक पाँच हजार रुपैयाँ दिने घोषणा गरेका हुन्। 

सरकारले स्पाइनल इन्जुरीका कारण पक्षघात भएका, मृगौला फेल भएर डायलाइसिसमा रहेका, मुटुको ओपन हार्ट सर्जरी गरेका, पार्किन्सन र अल्जाइमर्सका रोगीका लागि यो भत्ता दिने भएको हो। 

यो कार्यक्रम यसअघि चौथो पटक प्रधानमन्त्री देउवाले दीर्घ रोगीलाई पाँच हजार जीवन निर्वाह भत्ता दिने निर्णय गरेका थिए। 

तर २०७४ को निर्वाचनपछिको आएको केपी शर्मा ओली नेतृत्वको सरकारले उक्त कार्यक्रम हटाइदिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .