गएको २४ घण्टामा नेपालमा २ हजार ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार विगत २४ घण्टामा १४ हजार ६५० जनामा परीक्षण गर्दा दुई हजार चार जनामा संक्रमण देखिएको हो। सक्रिय संक्रमित ३३ हजार ९४६ जना रहेका छन्।
संक्रमणबाट निको भई आज एक हजार ८४६ जना घर फर्किएका छन्। अहिलेसम्म सात लाख २१ हजार १८२ जना निको भई घर फर्किएका हुन्। बुधबारको तुलनामा निको हुने दर बढेको छ। हिजो ९४.१ प्रतिशत निको हुने दर रहेकामा बढेर ९४.२ प्रतिशत पुगेको छ।
यस्तै संक्रमणबाट विगत २४ घण्टामा १६ जनाको ज्यान गएको छ। बुधबारभन्दा आज निधन हुनेको संख्यामा कमी आएको हो। हिजो २० जनाको संक्रमणका कारणले निधन भएको थियो।
अहिलेसम्म १० हजार ७८६ जनाको संक्रमणबाट ज्यान गएको छ। नेपालमा प्रति दश लाखमा ३६३.५ जनाको संक्रमणका कारणले निधन हुने गरेको छ।
यस्तै ५४४ जना सघन उपचार कक्ष, १६६ जना भेन्टिलेटर, ३१ हजार ६१९ होम आइसोलेसन, दुई हजार ३२७ जना संस्थागत आइसोलेसन र ३०२ जना क्वारेन्टिनमा रहेका छन्। नेपालमा संक्रमणको दर १९.५ प्रतिशत रहेको छ। ५०० भन्दाबढी संक्रमित हुने जिल्ला १९ वटा रहेका छन्। आज एक लाख १७ हजारले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्। रासस
Shares
प्रतिक्रिया