ad ad

समाज


तीन एआईजीको सरुवा, दुई महिनापछि थापाको पदस्थापन

तीन एआईजीको सरुवा, दुई महिनापछि थापाको पदस्थापन

नेपालखबर
भदौ १७, २०७८ बिहिबार १७:५८, काठमाडौँ

सरकारले तीन जना अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ। 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहरु विश्वराज पोख्रेल, निरज शाही र प्रद्युम्न कार्कीको सरुवा गरेको हो। 

आठ महिनादेखि महानगरीय प्रहरी कार्यालयमा कार्यरत एआईजी हरि पाललाई भने सरुवा गरिएको छैन। 

प्रहरी उच्च स्रोतका अनुसार अपराध अनुसन्धान विभागका कार्यरत विश्वराज पोख्रेललाई महत्वपूर्ण मानिने मानव स्रोत एवं प्रशासन विभागमा सरुवा गरिएको छ। 

अपराध अनुसन्धान विभागमा कार्की सरुवा भएका छन्। उनी प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए। एकेडेमिमा निरज शाहीलाई सरुवा गरिएको छ। 

अपराध अनुसन्धान विभागबाट छुट्याइएको कार्य विभागमा झण्डै दुई महिनाअघि बढुवा भएका सहकुल थापालाई पदस्थापन गरिएको छ। 

थापा एआईजी भएको केही दिनमै सरकार परिवर्तन भएपछि उनको पदस्थापन तथा अन्य एआईजीको सरुवा रोकिएको थियो। 

गृहमन्त्रीले अघिल्लो सरकारले गरेको निर्णयअनुसार सरुवा कार्यान्वयन नगर्न निर्देशन दिएका थिए। 

जसका कारण बढुवा भएर पनि थापा जिम्मेवारी विहिन भएका थिए। उनलाई दुई महिना पुग्न लाग्दा सरकारले जिम्मेवारी दिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .