ad ad

समाज


गण्डक नहरले बगाउँदै गरेका तीन जनाको ५ सय मिटर तलबाट उद्वार

गण्डक नहरले बगाउँदै गरेका तीन जनाको ५ सय मिटर तलबाट उद्वार

नेपालखबर
भदौ ११, २०७८ शुक्रबार १९:१२, काठमाडौँ

पश्चिम नवलपरासी जिल्लाको पालिनन्दन गाउँपालिका ३ बेलासपुरमा गण्डक नहरको बहावले बगाउँदै गरेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ।

बेलासपुरस्थित झरही खोलाको बहाव बढेर गण्डक नहरमा पसेपछि सो नहरले बगाएको हो।

सोही ठाउँ बस्ने ४८ वर्षीय अजित अन्सारी, २५ वर्षीय शैलेश गुप्ता र २३ वर्षीय थेरज देवानलाई सो नहरले बगाउँदै गरेको अवस्थामा सकुशल उद्वार गरिएको एपीएफले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक माधव रेग्मीको कमाण्डमा खटिएको विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले बोटको प्रयोग गरी उनीहरुलाई बगाएको स्थानदेखि करीव ५ सय मिटर तलबाट सकुशल उद्वार गरेको हो।

शिवगंगा नदीको बीच टापुमा फसेका दुई जनाको उद्वार
यता, कैलाली जिल्लाको गौरीगंगा नगरपालिका ३ स्थित शिवगंगा नदीको बीच टापुमा फसेका दुई जनाको सशस्त्र प्रहरीले भाद्र ११ गते सकुशल उद्वार गरेको छ।

सोही ठाउँको कुचौनी बस्ने २२ वर्षीय राजाराम सापकोटा र १८ वर्षीया आरती सापकोटा भाद्र १० गते घाँस काट्न गएकोमा पानीको बहाव पढ्न गई उक्त नदीको बीच टापुमा फसेका थिए।

सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ रिजर्व गण कैलालीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम रावलको कमाण्डमा खटिएको विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले उनीहरुको सकुशल उद्वार गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .