ad ad

समाज


अफगानिस्तानबाट २८८ नेपाली फर्किए, २९६ जना दर्ता

अफगानिस्तानबाट २८८ नेपाली फर्किए, २९६ जना दर्ता

नेपालखबर
भदौ २, २०७८ बुधबार २१:१०, काठमाडौँ

अफगानिस्तानबाट उद्धार गरेर हालसम्म २८८ जनालाई स्वदेश फर्काएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार भदौ १ गते विहान ११८ जना र राति ८४ जना तथा आज २ गते विहान ६१ जना र अपरान्ह २५ जना समेत गरी  हालसम्म कूल २८८ जना नेपाली नागरिकहरू काठमाडौं  आएका छन्।

आगमन पश्चात अध्यागमन लगायतका आवश्यक प्रक्रिया पूरा गरी सीसीएमसीको समन्वयमा उनीहरूलाई सामाखुसीस्थित नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार कोभिड १९ को परीक्षणलगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको छ।

अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरू नेपाल फर्कने प्रकृयामा रहेको मन्त्रालयले जनाएको छ।

कन्सुलर सेवा विभागको वेब पोर्टलमा आज साँझ ५ बजेसम्म २९६ जना नेपालीहरुले आफ्नो विवरण दर्ता गरेका छन्। दर्ता भएकाहरू मध्ये १६ जना नेपाली नागरिकहरू उद्धार भई नेपाल आइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .