ad ad

समाज


बीपी प्रतिष्ठान धरानमा अख्तियारको छापा, छानबिनमा केही दिन लाग्ने

बीपी प्रतिष्ठान धरानमा अख्तियारको छापा, छानबिनमा केही दिन लाग्ने

नेपालखबर
साउन २८, २०७८ बिहिबार २१:३७, काठमाडौँ

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार छापा मारेको छ। प्रतिष्ठानका पदाधिकारीले गरेको भ्रष्टचारबारे जनस्तरबाट व्यापक गुनासो आएपछि छानबिन गर्न अख्तियार टोली केन्द्रीय कार्यालयबाट पुगेको हो। 

एसएसपी टेकबहादुर तामाङसहितको अख्तियारको टोलीले भ्रष्टाचारमा जोडिएका पदाधिकारीहरुले गरेका निर्णयसहितको आवश्यक कागजपत्र छानबिन गरिरहेको छ। 

टोलीले अनियमिततामा जोडिएका कागजात बरामद र बिपी प्रतिष्ठानका विभिन्न सरोकारवालासँग सोधखोज पनि गरिरहेको छ।

अख्तियारको टोलीले प्रतिष्ठानको सिटी स्क्यानबारे पनि जानकारी लिएको छ। एसएसपी तामाङले केन्द्र र इटहरीस्थित कार्यालयमा उजुरी परेपछि छानबिन गर्न टोली आएको बताएका छन्। 

केन्द्रीय कार्यालयका एसएसपी टेकबहादुर तामाङको नेतृत्वमा ५ जना र इटहरीस्थित आयोगको क्षेत्रीय कार्यालयबाट १ जनासहित ६ जनाको टोलीले प्रतिष्ठान पुगेर कागजातहरू जफत गरेको हो।

तामाङले छानबिनका क्रममा आवश्यक कागजपत्र नियन्त्रणमा लिँदै सिलसमेत गर्ने बताए। 

प्रतिष्ठानमा सामान खरिद र पूर्वाधार निर्माणमा भएको भ्रष्टाचारबारे  उजुरी परेको उनले बताए। प्रतिष्ठानको अनियमितता छानबिनका लागि टोली केही दिन धरानमै बस्ने जनाएका छन्।  

उनले उजुरी परेपछि छानबिन गर्न आएको बताए। छानबिन र अध्ययन चलिरहेकाले अझै केही दिन टोली धरानमै रहने पनि उनले बताए। 

बिपी प्रतिष्ठानमा भएको अनियमितताविरुद्ध २ महिनादेखि आन्दोलन चलेको छ। त्यहाँका कर्मचारीसँगै धरानका स्थानीयबासीले पनि बिपी प्रतिष्ठानको अनियमितताविरुद्ध आन्दोलन गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .