ad ad

समाज


भक्तपुरमा पैदलयात्रीलाई ठक्कर दिएर भागेका बस र स्कुटी चालक पक्राउ

भक्तपुरमा पैदलयात्रीलाई ठक्कर दिएर भागेका बस र स्कुटी चालक पक्राउ

नेपालखबर
साउन २७, २०७८ बुधबार १९:१, काठमाडौँ

भक्तपुरका छुट्टाछुट्टै स्थानमा पैदल यात्रीलाई ठक्कर दिएर भागेका बस र स्कुटी चालकलाई प्रहरीले पक्राउ गरेको छ।

गत साउन २३ गते राति सवा ८ बजे सूर्यविनायक नगरपालिका ८ आदर्श चोकमा जगातीबाट सल्लाघारी तर्फ जाँदै गरेको प्रदेश ३(०२(०१० प ४८४६ नं को स्कुटीले पैदल यात्रीलाई ठक्कर दिएर भागेको  थियो। 

नाम थर वतन नखुलेका करिव ३२ वर्षका पुरुषको डा. ईवामुरा अस्पताल सल्लाघारी भक्तपुरमा उपचारको क्रममा त्यही राति मृत्यु भएको थियो। 

तर ठक्कर दिई फरार रहेको स्कुटी र चालकको खोजतलास गर्ने क्रममा बुधबार प्रहरीले काभ्रेपलाञ्चोक नाग्रे गगर्चे गाउँपालिका १ का ४३ वर्षीय अनिल शाक्यलाई पक्राउ गरेको हो। 

मृतकका आफन्तको समेत खोजी भइरहेको भक्तपुर प्रहरीका प्रवक्ता डीएसपी दीपक गिरीले बताए।

यस्तै साउन २४ गते राति ११ बजेतिर सूर्यविनायक नगरपालिका ८ जगाती हनुमान पेट्रोल पम्प नजिक साँगाबाट सूर्यविनायक तर्फ आउँदै गरेको बसले पैदल यात्रीलाई ठक्कर दिएर भागेको थियो। 

बसको ठक्करबाट सप्तरी राजबिराज नगरपालिकाका १५ वर्षीय सरोज कुमार सदा घाइते भएका छन्। उनलाई तत्काल उपचारका लागी डा. ईवामुरा अस्पताल सल्लाघारी लगिएको थियो। उपचारपछि साउन २५ गते उनी डिस्चार्ज भएका छन्। 

दुर्घटनापछि फरार बा ३ ख ९१७२ नम्बरको यात्रुबाहक बसका चालक रामेछापका बिरेन्द्र बस्नेतलाई बुधबार पक्राउ गरिएको भक्तपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .