बंगलादेशमा जन्ती हिँडेका १७ जनाको चट्याङ लागेर मृत्यु भएको छ।
चट्याङ लाग्दा बेहुलासहित १४ जना गम्भीर घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
बंगलादेशको शिवगञ्जमा जन्ती लिएर बेहुलीको घर गइरहेको बेला बुधबार चट्याङ लागेको हो। चट्याङले १७ जनाको मृत्यु भएपछि बेहुलाको गाउँ शोकमा डुबेको छ।
डुंगाबाट उत्रिएर नदी किनारमा रहेको बेहुलीको घरतर्फ जाँदै गर्दा परेको चट्याङ लाग्दा घटना भएका प्रत्यक्षदर्शीले बताएका छन्। बंगलादेशमा हरेक वर्ष चट्याङ्गले ठूलो जनधनको क्षति हुने गरेको छ।
सन् २०१६ को मे महिनामा बङ्गालादेशमा एकैदिन चट्याङ्ग लागेर ८२ जनाको ज्यान गएको थियो भने त्यो महिनाभर चट्याङ्गबाट ज्यान गुमाउनेको सङ्ख्या २ सय नाघेपछि सरकारले चट्याङ्गलाई प्राकृतिक विपत्ति घोषणा गरेको थियो।
45
Shares
प्रतिक्रिया