ad ad

समाज


मातहतका कार्यालयले गृहमन्त्रीलाई पेश गरे प्रगति विवरण

मातहतका कार्यालयले गृहमन्त्रीलाई पेश गरे प्रगति विवरण

फोटो : दिनेशविक्रम शाह


नेपालखबर
साउन १५, २०७८ शुक्रबार २२:४१, काठमाडौँ

गृहमन्त्री बालकृष्ण खाणले आफू मातहतका कार्यालयसँग प्रगति विवरण मागेका छन्। गृहमन्त्रीले मागे अनुसार उक्त मन्त्रालय अन्तर्गतका विभिन्न महाशाखा र कार्यालयहरूले शुक्रबार प्रस्तुतिकरण गरेका छन्। 

गृह मन्त्रीको सचिवालयका अनुसार प्रशासन,सुरक्षा तथा समवन्य, आन्तरिक व्यवस्थापन, कानुन, विपद तथा द्वन्द, नीति योजना अनुगमन मूल्याकन महाशाखा, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग, कारागार व्यवस्थापन विभाग, अध्यागमन विभागका प्रमुख, सचिव र सहसचिवहरूले शुक्रवार हालसम्मको विभागीय कार्य प्रगति-योजना र कार्यन्वयन प्रगतिबारे समीक्षा पेश गरेका छन्। 

मन्त्री खाणले विभाग र कार्यालय प्रमुखहरुलाई प्रस्तुतिका लागि धन्यवाद दिँदै मातहतको विभागले सरकारको उपस्थिति जनाउनु पर्ने भएकाले हुदा सरकारको उपस्थिति अझ प्रभावकारी बनाउन निर्देशन दिए। 

उनले विभागहरूले अझै सक्रियता बढाउदै प्रविधि र परिवर्तनलाई जिम्मेवारपूर्ण बहन गर्न पहिलो प्राथमिकताका साथ अगाडि बढ्ने कुरामा प्रस्तुतिले विश्वास बढेर गएको बताए

मन्त्री खाणले उक्त बैठकमै कारागारका कैदीहरूलाई भेट्न कोरोना संक्रमणका कारण रोकिएकाले अबदेखि पिसिआर जाँच गराई रिपोर्ट देखाएर अनुमति दिन निर्देशन गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .