समाज


कक्षा ४, ७ र ९ को अनिवार्य विषयको पाठ्यक्रम परिवर्तनको तयारी

कक्षा ४, ७ र ९ को अनिवार्य विषयको पाठ्यक्रम परिवर्तनको तयारी

नेपालखबर
काठमाडौँ, साउन १२

आगामी शैक्षिक सत्रदेखि कक्षा ४, ७ र ९ को अनिवार्य विषयको पाठ्यक्रम परिवर्तन हुने भएको छ। 

पाठ्यक्रम विकास केन्द्रले शैक्षिक सत्र २०७९ देखि लागू हुनेगरी कक्षा ४, ७ र ९ को अनिवार्य अंग्रेजी, नेपाली, गणित, सामाजिक अध्ययन र स्वास्थ्य तथा शारीरिक शिक्षाको पाठ्यपुस्तक परिवर्तन गर्ने तयारी गरेको हो। 

त्यसका लागि सात प्रदेशका ७६ विद्यालयमा परीक्षण सुरु गरिएको केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले जानकारी दिए। 

न्यौपानेका अनुसार सातै प्रदेशका छनोटमा परेका विद्यालयमा परीक्षण शुरु गरिएको हो। केन्द्रले एक सातादेखि छनोटमा परेका विद्यालयमा पुस्तक पु¥याउने कामसमेत सुरु गरिएको जनाएको छ।

तीनैवटै कक्षाको पुस्तक जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छपाइ गरिएको हो्। जनक शिक्षाका प्रबन्ध सञ्चालक अनिलकुमार झाले कक्षा ४ र ७ को सबै पुस्तकको छपाइसकिएको बताए। 

‘कक्षा ४ र ७ का पुस्तक तोकिएका प्रदेशका जिल्लास्थित विद्यालयमा पठाइ रहेका छौँ,’ उनले भने, ‘कक्षा ९ को कभर राख्न बाँकी छ। केही दिनमै सम्पूर्ण पुस्तकको छपाई पूरा हुने छ।’

साउन १२, २०७८, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .