ad ad

समाज


धनगढी र नेपालगञ्ज उडेका बुद्धका दुई विमान आकष्मिक अवतरण

धनगढी र नेपालगञ्ज उडेका बुद्धका दुई विमान आकष्मिक अवतरण

नेपालखबर
साउन ११, २०७८ सोमबार १९:५५,

त्रिभुवन विमानस्थलबाट धनगढी र नेपालगञ्जका लागि उडेका बुद्ध एयरका दुई विमान काठमाडौं फर्काएर आकस्मिक अवतरण गरिएको छ। 

काठमाडौंबाट धनगढीका लागि उडेको विमान हाइड्रोलिकमा समस्या देखिएपछि बिचबाटै फकाइएको थियो।

धनगढी उडेको केहीबेरमा समस्या देखिएपछि चालकले विमानलाई काठमाडौं फर्काएर आकस्मिक अवतरण गरेको बुद्ध एयरले जनाएको छ।

नेपालगञ्ज उडेको विमान भने यात्रु बेहोस भएपछि काठमाडौं फर्किएको थियो।

बुद्ध एयरका अनुसार दुवै उडानका यात्रुलाई आजै गन्तव्यमा पुर्‍याइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .