ad ad

समाज


तालिबानविरुद्ध हवाई आक्रमण जारी राख्नेछौंः अमेरिका

तालिबानविरुद्ध हवाई आक्रमण जारी राख्नेछौंः अमेरिका

केनेथ मकेन्जी


नेपालखबर
साउन ११, २०७८ सोमबार १७:२१,

अमेरिकाले अफगानिस्तानको विद्रोही समूह तालिबानविरुद्ध आक्रमण जारी राख्ने बताएको छ।

अमेरिकी सेन्ट्रल कमान्डका कमान्डर जनरल केनेथ मकेन्जीले अमेरिकी सेना अफगानिस्तानबाट फर्किए पनि अमेरिकाले हवाई आक्रमण भने जारी राख्ने बताएका हुन्।

सोमबार पत्रकार सम्मेलनमा बोल्दै मकेन्जीले पछिल्लो समय अफगानी सेनाको समर्थन गर्दै आफूहरुले तालिबानविरुद्ध हवाई आक्रमण गरिरहेको जानकारी दिए। 

यदि तालिबानले आक्रमण बढाउँदै लगेमा अमेरिकाले अफगान सैन्य बललाई हवाई मद्दत दिन सँधै तयार हुने उनको भनाइ छ।

सो क्रममा अफगानिस्तानको आधाभन्दा बढी हिस्सा तालिबानले नियन्त्रणमा लिएता पनि र विदेशी सेना त्यहाँबाट फर्किए पनि तालिबानको जित भने सुनिश्चित नभएको उनी बताउँछन्।

हालै अमेरिकाले हवाई आक्रमण गरेपछि तालिबानले अमेरिकाले दोहा सम्झौता उल्लंघन गरेको बताएको थियो। सम्झौता अनुसार तालिबानले पनि हिंसा मच्चाउन पाउँदैन।

तर नेटोमा आवद्ध सेनाहरु स्वदेश फर्कन थालेपछि तालिबानले हिंसा मच्चाउन थालेको छ। बीबीसी

यो पनिः अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि चीनले त्यहाँ प्रभाव बढाउन खोज्दै

- अफगानिस्तानबाट अमेरिकी सेना फर्किँदै, नेटोका शीर्ष कमान्डरले जिम्मेवारी सुम्पिए

बेइजिङले चिन्ता व्यक्त गरेपछि तालिबानले भन्योः हामी चीनलाई सहयोगीको रुपमा लिन्छौं

अमेरिकी सेनाले तालिबानविरुद्ध फेरि थाल्यो आक्रमण, अफगान युद्ध अन्त्य नहुने संकेत

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .