अफगानिस्तानमा गएको २४ घण्टामा ८९ तालिबान लडाकु मारिएका छन्।
सरकारी सेनासँगको भिडन्तका क्रममा अन्य ८२ लडाकु घाइते हुँदा सरकारी सेना र आमनागरिकसहित ४२ जनाको पनि मृत्यु भएको छ।
आइतबार बिहानदेखि सोमबार बिहानसम्मको अवधिमा यी घटनाहरु भएको अफगान रक्षा मन्त्रालयले जनाएको छ।
सुरक्षाकर्मीहरुले देशको कुनार, कान्दाहार, हेरात, फराह, फर्याब, सामान्गन, हेल्मान्ड, निम्रोज, ताखार, कुन्दुज र कापिसा प्रान्तमा सुरक्षा कारबाही गरेका थिए।
लडाकूहरुले स्थानीयको सम्पत्ति समेत लुटपाट गरेको र सर्वसाधारणको वासस्थानमा आगजनी समेत गरेको बताइएको छ। सिन्ह्वा
72
Shares
प्रतिक्रिया