समाज


माओवादीद्वारा बाढी प्रभावित तीन पालिकालाई ६७ लाख सहयोग

माओवादीद्वारा बाढी प्रभावित तीन पालिकालाई ६७ लाख सहयोग

नेपालखबर
काठमाडौँ, साउन ११

बाढी प्रभावित सिन्धुपाल्चोकका तीन पालिकालाई नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेशले आर्थिक सहयोग गरेको छ। पार्टीका केन्द्रीय सदस्य एवं प्रदेशका पूर्वमन्त्री युवराज दुलाल, केन्द्रीय सदस्य माधव सापकोटा र नेता चन्द्रबहादुर थापाको विशेष पहलमा तीन पालिकालाई आज आर्थिक सहयोग हस्तान्तरण गरिएको हो। 

प्रदेशभित्र माओवादी केन्द्रले नेतृत्व तथा प्रतिनिधित्व गरेका स्थानीय तहबाट संकलित रकम मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकालाई हस्तान्तरण गरिएको थापाले जानकारी दिए।

 दुई पालिका हेलम्बु र मेलम्चीलाई रु २३ लाख २९ हजार ९९९ का दरले र पाँचपोखरी थाङपाललाई रु २० लाख २९ हजार ९९९ हस्तान्तरण गरिएको हो। प्रदेश कमिटीका अध्यक्ष नारायण दाहालले विपत्तिमा अहिलेका लागि यो सहयोग गरिएको जनाउँदै क्षतविक्षत भएका प्रभावित स्थानीय तहलाई पुनः हराभरा बनाउन केन्द्रमा पनि पहल गर्ने बताए।

 नेता सापकोटाले बाढीग्रस्त क्षेत्र मेलम्ची र हेलम्बुमा तत्काल दुई बेलिब्रिज बनाउन पहल भइरहेको र अर्थ मन्त्रालयबाट पुल निमार्णका लागि निर्देशन आइसकेको जानकारी गराए। कार्यक्रममा प्रभावित पालिकाबाट प्रतिनिधित्व गर्दै मेलम्चीका नगर प्रमुख डम्बर अर्यालले विपद्का बेला सहयोग गरेकामा माओवादी नेतृत्वलाई धन्यवाद व्यक्त गरे। रासस

साउन ११, २०७८, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .