समाज


आफ्नो खेलाडीको नराम्रो फोटो राखेको भन्दै पश्चिमा मिडियामाथि खनियो चीन, भन्योः राजनीति नगर

आफ्नो खेलाडीको नराम्रो फोटो राखेको भन्दै पश्चिमा मिडियामाथि खनियो चीन, भन्योः राजनीति नगर

होउ जिहुई


नेपालखबर
काठमाडौँ, साउन ११

हाल जापानको टोक्योमा ओलम्पिक सुरुवात भएको ३ दिन भइसकेको छ। 

नेपाली समयअनुसार सोमबार दिउँसो साढे ३ बजेसम्मको तथ्यांकअनुसार हालसम्म चीन सबैभन्दा बढी पदक जित्न सफल भएको छ। 

चीनले ६ स्वर्णसहित १५ पदक जित्दा अमेरिकाले सबैभन्दा बढी ७ स्वर्ण पदक जितेको छ। अमेरिकाको कूल पदक संख्या भने १४ हो।

ओलम्पिक खेललाई विश्वभरका संचारमाध्यमले प्राथमिकता दिएका छन्। यसबीचमा चीनले पश्चिमा संचारमाध्यमले ओलम्पिकको विषयमा चीनविरुद्ध राजनीति गरेको आरोप लगाएको छ।

चीनका भारत्तोलन खेलाडी होउ जिहुईले हालै स्वर्ण पदक हात पारेका थिए। विश्वभर होउले स्वर्ण जिते भन्दै समाचार बनाए।

होउले बारबेल उठाउँदाको तस्बिर धेरैजसो संचारमाध्यममा प्रकाशित भएको थियो। तर चीनले भने चिनियाँ खेलाडीको नराम्रो फोटो राखेको भन्दै पश्चिमा मिडियाको विरोध गरेको छ।

श्रीलंकास्थित चिनियाँ राजदूतावासले एउटा ट्विट गरेको छ जहाँ रोयटर्सले एकैदिन सार्वजनिक गरेको तस्बिरहरु देखाइएको छ। अरु सबैको राम्रो तस्बिर हालिएको र चिनियाँ खेलाडीको तस्बिर चाहीँ जानाजान नराम्रो राखिएको बताइएको छ।

दूतावास भन्छ,‘राजनीति र कुनै विचारधारालाई खेलकुदमा नलाद्नुहोस्, आफैंलाई निष्पक्ष संचार माध्यम ठहर गर्नुहोस्।’

ओलम्पिकको भावनालाई सम्मान नगर्ने कार्य लज्जाजनक विषय भएको चीनको भनाइ छ। 

यद्यपी चिनियाँ संचारमाध्यमले समेत सोही तस्बिर सार्वजनिक गरेको देखिएको छ। 

साउन ११, २०७८, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .