ad ad

समाज


राज कुन्द्रामाथिको अनुसन्धान कहाँ पुग्यो, के गर्दैछ प्रहरी?

राज कुन्द्रामाथिको अनुसन्धान कहाँ पुग्यो, के गर्दैछ प्रहरी?

राज कुन्द्रा र शिल्पा


नेपालखबर
साउन ११, २०७८ सोमबार १४:३५,

पोर्न चलचित्र बनाएको आरोपमा मुम्बई प्रहरीले अभिनेत्री शिल्पा सेट्टीका पति तथा व्यापारी राज कुन्द्रालाई गतहप्ता नै गिरफ्तारमा लिएको छ।

भोलि मंगलबारसम्म उनी हिरासतमै रहनेछन्। यो प्रकरणमा प्रहरीले हरेक दिन नयाँ–नयाँ व्यक्तिसँग अनुसन्धान गरिरहेको छ। प्रहरीले हरेक जानकारी संकलन गरिरहेको बताएको छ।

जनसत्ता पत्रिकाका अनुसार यही विषयमा मुम्बईको क्राइम ब्रान्चले गहना विशिष्ठ र अन्य दुई व्यक्तिलाई आइतबार अनुसन्धानको लागि बोलाएको थियो। तर उनीहरु बयानको लागि उपस्थित भएनन्।

गहना वशिष्ठले यसअघि राज कुन्द्राको गिरफ्तारीपछि पोर्न चलचित्र र इरोटिक चलचत्रि अर्थात् उत्तेजक सामग्रीमा भिन्नता भएको बताएकी थिइन्।

गहनाले यसअघि राज कुन्द्राले निर्माण गरेको तीन चलचित्रमा काम गरिसकेकी छिन्। 

पोर्च चलचित्रको विषयमा ११ जना गिरफ्तार भइसकेका छन्। गत शुक्रबार मात्र शिल्पा सेट्टीले पनि क्राइम ब्रान्चमा श्रीमानको बचाउ गर्दै राजले पोर्न नभएर इरोटिक चलचित्र बनाएको बताएकी थिइन्।

उत्तेजक चलचित्रलाई यौन चलचित्र भन्न नमिल्ने उनको तर्क छ। तर प्रहरीले सुरुवातबाट राज कुन्द्राले पोर्न चलचित्र बनाएको आरोप लगाउँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .