समाज


अवैध सम्बन्धपछि बसेको भ्रुण हत्या गरेको आरोपमा देवर-भाउजु पक्राउ

अवैध सम्बन्धपछि बसेको भ्रुण हत्या गरेको आरोपमा देवर-भाउजु पक्राउ

नेपालखबर
बागलुङ, साउन ११

‘विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन्। देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएको बेला के–के भयो के के!’ आफ्नै पेटमा हुर्किरहेको चार महिनाको गर्भपतन गरी टालोमा बेरेर घर छेउको बारीमा गाडेपछि उनले जेठानीसँग भनेकी थिइन्, ‘लुकाउन पर्ने भएकाले लुकाएकी हुँ।’

बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीकी २६ वर्षीया महिलाले गर्भपतन गराएर गाडेको बच्चाको विषयमा खोजी भयो। प्रहरीले सोधपुछ गर्ने क्रममा बाबुको विषयमा बताएपछि उनले जेठानीसँग भनेकोजस्तै आफ्नै देवर नाता लाग्ने व्यक्ति पक्राउ परे। देवर भाउजूको अवैध सम्बन्धबाट गर्भ रहेकाले समाजमा मुख देखाउन कठिन हुने भन्दै उनले गर्भपतन गराएर गाडेको अनुमान प्रहरीको छ। 

‘दुई पटकसम्म शारीरिक सम्बन्ध भएको हो, बाँकी के–के भयो थाहा भएन’, प्रहरीसँगको बयानमा पक्राउ परेका देवरले भनेका छन्, ‘सहमतिकै कुरा हो, जबर्जस्ती गरेको होइन।’ 

यही प्रमाणका आधारमा प्रहरीले भ्रुण हत्या गरिएको आरोपमा जैमिनी–१० राङ्खानीकी ती महिला र उनको देवर नाता पर्ने ३१ वर्षीय पुरुषविरुद्ध मुद्दा दर्ता गरेको छ । यही साउन ३ गते ती महिलाको घरदेखि केही पर भ्रूण हत्या गरेर गाडेको भेटिएको थियो । उनीहरु दुवैविरुद्धमा भ्रूण हत्याको मुद्दा दर्ता भएको छ।

पुरुषजस्तो देखिने भ्रूणलाई रातो टालोमा बेरेर माटोमुनि गाडिएको अवस्थामा फेला पारिएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए। ‘दुवैले कमजोरी स्वीकार गरेकाले मुद्दा दर्ता भएको छ। अनुसन्धान बाँकी छ, हामी प्रक्रियामै छौँ,’ उनले भने। पक्राउ परेका दुवैलाई म्याद थप गरी थुनामा राखिएको छ । पक्राउ परेकामध्ये भाउजूका पाँच वर्षकी छोरी र तीन वर्षका छोरा छन् । देवरका १२ र दुई वर्षका दुई छोरी छन् । दुवै जना विवाहित हुँदाहुँदै अवैध सम्बन्ध राखेकै कारण यस्तो अवस्था आएको प्रहरीको भनाई छ। 

लामो समय श्रीमान् विदेशमा रहेकाले देवर नाता पर्ने पुरुष भाउजूको घरमा आउजाउका कारण नाजायज सम्बन्ध रहेको प्रहरीले जनाएको छ। उनीहरुको सम्बन्धको विषयमा पहिलेदेखिनै शङ्का गरेका परिवारका सदस्य र गाउँलेले पछ्याउँदा उनले अवैध गर्भपतन गरेर गाडेको अवस्थामा फेला परेको थियो। रासस

साउन ११, २०७८, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .