वर्षाको मात्रा बढेसँगै देशभर बाढी पहिरोको खतरा पनि बढेको छ।
बाढी पूर्वानुमान महाशाखाले सोमबार (आज) विभिन्न नदी खोलामा बाढी उर्लिने अनुमान गर्दै सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सूचना जारी गरेको छ।
सूचनमा भनिएको छ, ‘आज कोसी, नारायणी, महाकाली र यिनका सहायक नदीहरू विषेशगरी सुनकोसी, तामाकोसी, दूधकोसी, अरुण, तमोर, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, कालीगण्डकीमा बहाव बढ्ने र केहीमा सतर्कता आसपास पुग्न सक्ने तथा कर्णाली र यसका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ।’
बाढी महाशाखाले सोमबार बिहान ७ बजे बाढी पूर्वानुमान बुलेटिन जारी गरी बुधबारसम्म कहाँ कहाँ बाढीको जोखिम छ भनेर जानकराी दिएको छ। तल हेर्नुहोस्–
यो पनि : आजदेखि ३ दिनसम्म व्यापक वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
Shares
प्रतिक्रिया