समाज


मंगल ग्रहको भित्री संरचना पत्ता लाग्यो : नासा

मंगल ग्रहको भित्री संरचना पत्ता लाग्यो : नासा

नेपालखबर
काठमाडौँ, साउन ११

वैज्ञानिकहरूले मंगल ग्रहको भित्री भागको आन्तरिक संरचना वर्णन गर्न केही ठोस तथ्य पत्ता लागेको बताएका छन्। 

त्यस्ता प्रमाण इन्साइट नामक अन्तरिक्षयानबाट हात परेको नासाले जनाएको छ। उक्त यानले मंगल ग्रहमा हुने कम्पन सन् २०१९ देखि मापन गरिरहेको छ।

नासाको नेतृत्वमा रहेको उक्त अभियानले मङ्गलको बाहिरको पत्र २४ देखि ७२ किलोमिटर बीचमा रहेको पत्ता लगाएको छ जुन पहिले ठानिएकोभन्दा केही कम हो।

तर अहिले पत्ता लागेको मुख्य कुरा उक्त ग्रहको भित्री भागबारे हो। त्यसको अर्धव्यास १,८३० किलोमिटर छ। यो पहिले अनुमान गरिएको सर्वाधिक मापनजति नै छ।

पृथ्वीबाहेक अन्य ग्रहको भित्री तहको मापन गरिएको यो पहिलो पटक हो। चन्द्रमाको पनि त्यस्तै अध्ययन गरिएको छ तर मङ्गलको बृहत् अध्ययन हुन पुगेको छ।

यो सूचनाका आधारमा अनुसन्धानकर्ताहरूलाई विभिन्न खगोलीय पिण्डको उत्पत्ति र विकासक्रम बुझ्न सहयोग पुर्‍याउने ठानिएको छ।

इन्साइटले भूगर्भशास्त्रीहरूले भूकम्पको सङ्केतका आधारमा पृथ्वीको आन्तरिक तहको अध्ययन गर्दै आए जसरी नै मङ्गलको अध्ययन गरेको हो। यस्तो भूकम्प जाँदा ऊर्जाको लहर उत्पन्न हुन्छ। तिनले बाटो परिवर्तन गरेको आधारमा र लहरको गतिका आधारमा चट्टानी पदार्थको प्रकृति पत्ता लगाउने गरिन्छ।

नासाको अभियानले प्रयोगमा ल्याएको सिस्मोमिटरले सयौँ परकम्पको अवलोकन गरेको छ। दुई वर्षका त्यस्ता परकम्पमध्ये केही मात्र मङ्गलको भित्री बनावटको नक्साङ्कन गर्न उपयोगी भएका थिए।

अध्ययनमा नेतृत्व गरेको फ्रान्स र यूकेको वैज्ञानिक समूहले मङ्गलको कडा बाह्य पत्र २० देखि ३९ किलोमिटर रहेको बताएको छ।

सोही अङ्कलाई अन्य मापन प्रविधि प्रयोग गरेर त्यहाँको औसत मोटाइ २४ देखि ७२ किलोमिटरसम्म हुने आकलन गरिएको छ। पृथ्वीको त्यस्तो बाहिरी तहको मोटाइ १५–२० किलोमिटर छ।

हिमाल भएका क्षेत्रमा मात्र त्यस्तो मोटाइ ७० किलोमिटरसम्म हुन्छ।
सबभन्दा रमाइलो अङ्क भित्री भागबारे छ।

उक्त अध्ययन समूहले दुईवटा नयाँ तथ्य पत्ता लागेको बताएको छ।

पहिलो मङ्गलको भित्री भाग पहिले सोचिएभन्दा कम सघन हुन सक्छ र फलाम वा निकल जस्ता तत्त्वको मिश्रण तथा गन्धकजस्ता हल्का तत्त्वले बनेको छ।

दोस्रो चाहिँ भित्री भाग र बाहिरी भागको बीचमा हुने म्यान्टल भनिने तहबारेको जानकारी हो। यो चट्टानी तह पहिले सोचिएभन्दा पातलो पाइएको छ।

मङ्गलको थाहा भएको आकारका आधारमा भन्नुपर्दा ब्रिजम्यानाइट खनिज स्थिर हुनका लागि आवश्यक चाप म्यान्टलले पाउने सम्भावना निकै कम छ।

पृथ्वीमा यो कडा खनिजको तहले भित्री भाग छोपेको छ जसले गर्दा पृथ्वीको तापक्रम चिसिने क्रमलाई सुस्त बनाइदिएको छ। तर मङ्गलमा त्यो तह नभएका कारण छिटोछिटो चिसिएको हुन सक्छ।

यदि त्यहाँ त्यो तह भइदिएको भए अन्तरिक्षबाट आउने विकिरणले क्षति पुर्‍याउनबाट रोक्ने थियो र बस्न सकिने स्थान बन्न सक्थ्यो। बिबिसीबाट

साउन ११, २०७८, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .