ad ad

समाज


भारतको हिमाचल प्रदेशमा भीषण पहिरो जाँदा ९ जनाको मृत्यु (भिडिओ)

भारतको हिमाचल प्रदेशमा भीषण पहिरो जाँदा ९ जनाको मृत्यु (भिडिओ)

नेपालखबर
साउन ११, २०७८ सोमबार ८:४३,

भारतको हिमालचल प्रदेशस्थित किन्नौरमा आइतबार अपराह्न गएको चट्टानी पहिरोमा परी  ९ जनाको मृत्यु भएको छ। 

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार घटनामा ३ जना घाइते भएका छन्। उनीहरूको अवस्था पनि गम्भीर रहेको बताइएको छ। 

पहाड घुम्न गाडीमा गएका पर्यटक पहिरोमा परेका हुन्। चालकसमेत गाडीमा रहेका ११ जनामध्ये ९ जनाको मृत्यु भएको हो। त्यसमा राजस्थानका मात्रै ४, छत्तीसगढका २, महाराष्ट्र, दिल्ली र पञ्जाबका १/१ जना छन्। 

मृतकमा एकै परिवारका ३ जना
पहिरोमा परी मृत्यु भएकामा एकै परिवारका ३ जना पनि छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार राजस्थानस्थित सिकर निवासी अनुराग बियाणी, उनका आमा देवयानी र बहिनी रिचाको मृत्यु भएको हो। ३१ वर्षीय अनुराग बम्बईस्थित कम्पनीमा सेक्रेटरी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .