ad ad

समाज


भारतमा बन्दुकसँग सेल्फी खिच्दा ट्रिगर दाबियो, घाँटीमा गम्भीर चोट लाग्दा गयो ज्यान

भारतमा बन्दुकसँग सेल्फी खिच्दा ट्रिगर दाबियो, घाँटीमा गम्भीर चोट लाग्दा गयो ज्यान

राधिका गुप्ता


नेपालखबर
साउन १०, २०७८ आइतबार १९:९,

भारतको उत्तर प्रदेशमा एक महिलाको सेल्फी खिच्ने क्रममा बन्दुकको गोलीले लागेर मृत्यु भएको छ।

टाइम्स अफ इन्डियाका अनुसार २६ वर्षकी राधिका गुप्ताले ससुराको बन्दुकसँग धेरैवटा सेल्फी खिचिसकेकी थिइन्।

तर गोली भरिएको बन्दुकको ट्रिगर झुक्किएर थिच्न पुग्दा गत बिहीबार राति उनको मृत्यु भएको बताइएको छ।

बन्दुकको गोलीले उनको घाँटीमा ठूलो घाउँ बनाएको थियो। अस्पतालमा उनको मृत्यु भएको बताइएको छ।

उनले गत मे महिनामा मात्र आकाश गुप्तासँग विवाह गरेका थिए। यो घटनापछि प्रहरीले राजेश गुप्तालाई पक्राउ गरेको छ।

राधिकाकी ससुरा राजेशले के प्रयोजनको लागि बन्दुक लोड गरेको भनेर अनुसन्धान भइरहेको छ। भारतमा अनुमति बिना बन्दुक बोक्न पाइँदैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .