प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ललितपुरको ललितपुर महानगरपालिका–२ घर भएका ३६ वर्षीय विजय श्याम रंजित रहेका छन्।
रंजितले नेपाल मेडिकल काउन्सिल बाँसवारी काठमाडौंबाट चिकित्सकको रुपमा दर्ता हुनको लागि दर्ता प्रमाण प्रत्र प्रवेश परीक्षामा सहभागी भई अनुतिर्ण भएकोमा काउन्सिलको स्थाई दर्ता प्रमाण पत्र नम्बर १०८५५ को प्रमाण पत्रमा काउन्सिलको छाप लगाई, रजिष्ट्रारको दस्तखत समेत किर्ते गरेको प्रहरीले जनाएको छ।
उनलाई ब्यूरोको प्रहरी टोलीले आइतबार महाराजगञ्जबाट पक्राउ गरी ‘लिखतसम्बन्धी कसूर अपराधमा’ कारबाहीको लागि काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिएको छ।
42
Shares
प्रतिक्रिया