बर्दियाको कर्णाली नदीमा डुबेर दुईजना बालबालिका बेपत्ता भएका छन्।
बर्दियाको गेरुवा गाउँपालिका ६ का १२ वर्षीय सन्दीप विक र उनकी आठ वर्षीया बहिनी दिलमाया विक नुहाउन गएको बेला कर्णाली नदीमा बेपत्ता भएका हुन्।
स्थानीय सैजना घाटमा नुहाउने क्रममा शुक्रबारदेखि उनीहरु बेपत्ता भएका इलाका प्रहरी कार्यालयका पाताभारले जनाएको छ।
नदीमा बेपत्ता भएपछि शुक्रबार साँझसम्म र शनिबार बिहानैदेखि उनीहरुको खोजी भइरहेको छ। तर, अझै उनीहरुलाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ।
18
Shares
प्रतिक्रिया