खोटाङ केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको छ।
खोटाङको खार्मी केन्द्रविन्दु भएर शुक्रबार साँझ ६ बजेर ५७ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका भूकम्पविद् डा.मुकुन्द भट्टराईका अनुसार खोटाङमा गएको भूकम्प गोरखा भूकम्पको परकम्प होइन्। ‘यो नयाँ भूकम्प हो,’ भट्टराईले भने।
शुक्रबार बिहान भक्तपुरको सल्लाघारी केन्द्र विन्दु भएर ३ दशमलव ५ म्याग्नेच्युडको परकम्प गएको थियो।
81
Shares
प्रतिक्रिया