ad ad

समाज


सूर्यविनायकमा मध्यराति टिपरले स्कुटरलाई ठक्कर दिँदा २१ वर्षीय युवकको मृत्यु

सूर्यविनायकमा मध्यराति टिपरले स्कुटरलाई ठक्कर दिँदा २१ वर्षीय युवकको मृत्यु

नेपालखबर
साउन ८, २०७८ शुक्रबार ६:१५,

भक्तपुरको सूर्यविनायकमा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ। 

बिहीबार राति १ बजे सूर्यविनायक नगरपालिका- ८ आदर्शचोकस्थित अरनिको राजमार्गमा प्रदेश ३-०१-००६ ख २०३८ नम्बरको टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको हो। 

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार टिपरको ठक्करबाट प्रदेश ३-०२-०२४ प ८०३३ नम्बरको स्कुटर चालक सूर्यविनायक ६ सिपाडोल निवासी २१ वर्षीय निरज श्रेष्ठको मृत्यु भएको हो। 

तीव्र गतिमा रहेको स्कुटर एक्कासी आएर टिपरमा ठोक्किएको परिसरका प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए। 

दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठलाई परिसरका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले उपचारको लागि भक्तपुर अस्पताल दुधपाटी पुर्याएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो। 

दुर्घटनापछि टिपर चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १२ का २९ वर्षीय रमेश माझीलाई प्रहरीले पक्राउ गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .