ad ad

समाज


चीनबाट आयो १० लाख डोज कोरोना खोप, भोलि थप १० लाख ल्याइँदै

चीनबाट आयो १० लाख डोज कोरोना खोप, भोलि थप १० लाख ल्याइँदै

नेपालखबर
साउन ७, २०७८ बिहिबार १५:२५,

सरकारले चीनसँग खरिद गरेको कोरोना भाइरसविरुद्धको थप १० लाख डोज खोप बिहीबार दिउँसो नेपाल आइपुगेको छ । बेइजिङबाट १० लाख भेरोसेल खोप लिएर नेपाल वायुसेवा निगमको एयरबस आज सवा २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

खोप ल्याएर आएको जहाज आजै राति अर्को १० लाख डोज लिन बेइजिङ उड्ने कार्यतालिका रहेको निगमले जनाएको छ। त्यसैगरी खरिद गरिएको खोपको चौथो लट लिन साउन ९ गते निगमको जहाज चीन जानेछ। चीनबाट अबको तीन दिनभित्र २५ लाख खोप आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन्। 

नेपाललाई उत्तरी छिमेकी चीनले १८ लाख भेरोसेल खोप अनुदानमा दिएको थियो। त्यसबाहेक नेपालले अहिलेलाई ४० लाख डोज खोप किनिसकेको छ। चीनबाट ल्याइएको भेरोसेल खोप यसअघि खोप अभियान नचलाइएका जिल्लाहरुमा प्रयोग गरिने भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .