ad ad

समाज


अनुसन्धान उद्देश्यमा वुहान प्रयोगशाला समेटिएपछि डब्लूएचओको योजना चीनद्वारा अस्वीकार

अनुसन्धान उद्देश्यमा वुहान प्रयोगशाला समेटिएपछि डब्लूएचओको योजना चीनद्वारा अस्वीकार

चिनियाँ स्वास्थ्य आयोगका उपप्रमुख जेङ यिक्षिङ र डब्लूएचओका प्रमुख टेड्रोस एडह्यानम गेब्रियसुस


नेपालखबर
साउन ७, २०७८ बिहिबार १२:४५,

कोरोना भाइरसको उत्पत्तिबारे दोस्रो चरणको अध्ययन गर्ने विश्व स्वास्थ्य संगठन डब्लूएचओको योजनालाई चीनले अस्वीकार गरेको छ।

अब गरिने अध्ययनको प्रस्तावनामा वुहानको प्रयोगशालाबाट कोरोना भाइरस फैलिएको हुनसक्ने विषयलाई समेटिने भएपछि चीनको शीर्ष स्वास्थ्य अधिकारीले डब्लूएचओको अध्ययनमा सहभागी नहुने बताएका हुन्।

चिनियाँ स्वास्थ्य आयोगका उपप्रमुख जेङ यिक्षिङले पत्रकार सम्मेलनमा डब्लूएचओको अनुसन्धान उद्देश्यमा वुहान प्रयोगशालाको विषय समेटिएकाले आफूलाई आश्चर्य लागेको बताए।

यसअघि पनि डब्लूएचओले चीनको वुहानमै गएर अनुसन्धान गरिसकेको छ। सो अध्ययनपछि अनुसन्धानकर्ताले वुहानको प्रयोगशालाबाट कोरोना फैलिएको कुनै तथ्य फेला नपारेको बताएका थिए।

उनीहरुले कोरोना भाइरस जनावरबाट जनावर हुँदै मानिसमा कोरोना फैलिने सम्भावना बढी भएको उल्लेख गरेका थिए।

डब्लूएचओको योजना विज्ञानको विपक्षमा भएको र आफूहरुले त्यस्ता योजनालाई समर्थन जनाउने सम्भावना नभएको स्वास्थ्य आयोगका उपप्रमुख यिक्षिङको भनाइ छ।

अमेरिकाले वुहान प्रयोगशालाका चिकित्सकहरुमा कोरोना देखिएपछि नै यो भाइरस धेरै स्थानमा फैलिएको आरोप लगाउन गरेका छन्। चीनले भने वुहान प्रयोगशालाको कसैलाई कोरोना नलागेको बताउँदै आएको छ। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .