ad ad

समाज


चितवनमा सडकनजिकै पुरुषको शव

चितवनमा सडकनजिकै पुरुषको शव

नेपालखबर
साउन ७, २०७८ बिहिबार ११:५,

चितवनको भरतपुरस्थित सिमलडाँडामा एक पुरुष मृत फेला परेका छन्। 

वस्तीबाट करिब ३ सय मिटर पर आज बिहान ७ बजेतिर ३० वर्षजतिका पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ। 

पैदलयात्रुले कालोपत्रे सडकनजिकैको घोलमा शव देखिएपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा अनुसन्धान टोली पठाएर अनुसन्धान भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

शवको पहिचान भइसकेको छैन।

अनुसन्धानरत प्रहरीका अनुासर ती पुरुषको टाउकोमा गोली लागेको जस्तो देखिएको छ भने घटनास्थलमा एक थान गोलीको खोका भेटिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .