ad ad

समाज


चीनमा यात्रुवाहक रेल भित्रै भिषण बाढी पस्दा १२ को मृत्यु (फोटो/भिडिओ)

चीनमा यात्रुवाहक रेल भित्रै भिषण बाढी पस्दा १२ को मृत्यु (फोटो/भिडिओ)

नेपालखबर
साउन ६, २०७८ बुधबार २०:३०,

चीनको हेनान प्रान्तमा मुसलधारे वर्षा भएपछि भीषण बाढी आएको छ। सो बाढीले यात्रुवाहक रेल नै डुबाएको छ।

सो क्रममा रेल भित्रका १२ जनाको डुबेर मृत्यु भएको बीबीसीले जनाएको छ। रेल र त्यसको टनेलबाट ५ सय मानिसलाई उद्धार गरिएको पनि समाचारमा जनाइएको छ।

हालसम्म हेनान प्रान्तमा २ लाख मानिसलाई सुरक्षितस्थलमा सारिसकिएको छ। बाढीले रेल, अनगिन्ती कार, सयौं घरहरु डुबानमा परेको सार्वजनिक भएको तस्बिर र भिडिओमा देख्न सकिन्छ।

बाढीले विशेषगरी राजधानी जङजाउमा बढी क्षति गरेको बताइएको छ। त्यहाँ ३ दिनको अन्तरालमा वर्षभरीको पानी परेको जनाइएको छ।

(भिडिओ)

चिनियाँ राष्ट्रपति सी चिनफिङले प्राकृतिक विपत्तिका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै सबैलाई उद्धार गर्न निर्देशन दिएका छन्।

एउटा भिडिओमा बाढी विद्यालय भित्र पसेको देखिएको छ। त्यहाँ साना बालबालिकालाई सतर्कताका साथ उद्धार गरेको देख्न सकिन्छ। 

(भिडिओ)

China: Heavy rains cause deadly floods in Henan province | News | DW |  20.07.2021

12 dead in flooded subway as downpours hit central China: officials -  France 24

Heavy Floods in China Trapped Passengers in Subway, Killing 12 - The New  York Times

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .