हाल (बुधबार बिहान ६ बजे) देशभर सामान्यदेखि पूर्णसम्म मौसम बदली रही प्रदेश १ र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाले आज (बुधबार) बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा लुम्बिनी, गण्डकी र सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
यस्तै राति पनि धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमार्फत जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टा (बिहीबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
भनिएको छ : लुम्बिनी, गण्डकी तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाअउन हुन अनुरोध छ।
Shares
प्रतिक्रिया