ad ad

समाज


विषाक्त मदिरा प्रकरण : अनुसन्धान समिति गठन

विषाक्त मदिरा प्रकरण : अनुसन्धान समिति गठन

सांकेतिक तस्बिर


नेपालखबर
साउन ५, २०७८ मंगलबार १९:१९,

विषाक्त मदिरा पिएर चारजना मजदुरको मृत्यु भएको घटनाको छानबिन गर्न प्रहरी नायब उपरीक्षक इकवाल हवारीको नेतृत्वमा अनुसन्धान समिति गठन भएको छ। 

बागलुङमा सोमबार साँझ विषाक्त मदिरा पिएका ६ मध्ये चारजनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षीय​ रेखबहादुर राना र ३० वर्षीय प्रवीन घर्ती रहेका छन्।

उनीहरुको उपचारका क्रममा मृत्यु भएको बताइएको छ। त्यस्तै उनीहरुसँगै मदिरा खाएका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको अवस्था गम्भीर रहेको र धौलागिरि अस्पतालमा उपचार सम्भव नभएपछि दुवै जनालाई गण्डकी अस्पताल पोखरा पठाइएको छ। 

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक हवारीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको प्रहरीले जनाएको छ। बागलुङमा पहिलोपटक चारजनाको विषाक्त रक्सी सेवनका कारण ज्यान गएपछि प्रहरी गम्भीर भएर अनुसन्धानमा लागेको प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले बताए। 

‘सात दिनको समय दिएर डिएसपी सापको नेतृत्वमा टोली पठाएको छु’, उनले भने, ‘अहिलेसम्म दुईजना पक्राउ परेका छन्, मजदुरले खाएका चाउचाउ, दालमोठ र मदिराका भाँडाहरुसमेत बरामद गरेका छौँ।’ 

पक्राउ पर्नेमा पसल सञ्चालक भद्रबहादुर थापा र स्थानीयवासी भक्तबहादुर बलाल रहेका छन्। उनीहरुसँग अहिले सोधपुछ चलिरहेको र शव परीक्षणको रिपोर्ट आएपछि थप अनुसन्धान अगाडि बढाइने उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .