ad ad

समाज


बागलुङमा रक्सी पिएका ४ जनाको मृत्यु, २ व्यक्तिको अवस्था गम्भीर

बागलुङमा रक्सी पिएका ४ जनाको मृत्यु, २ व्यक्तिको अवस्था गम्भीर

नेपालखबर
साउन ५, २०७८ मंगलबार ९:११,

बागलुङमा घरेलु रक्सी पिउँदा ४ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर बिरामी परेका छन्।  

प्रहरीका अनुसार सोमबार राति रक्सी खाएपछि गम्भीर बिरामी परेका रोल्पाको सुनील स्मृति गाउँपालिका–५ का ३० वर्षीय प्रवीण घर्ती, ५१ वर्षीय रेखबहादुर राना, २१ वर्षका दीपेन्द्र पुनमगर र ३९ वर्षको दूधबहादुर रानाको उपचार क्रममा आज (मंगलबार) बिहान मृत्यु भएको हो। 

२६ वर्षीय रवीन्द्र पुन र ३८ वर्षीय खेमराज घर्तीको भने गम्भीर अवस्थामा धौलागिरि अस्पतालमै उपचार जारी छ। 

उनीहरू सबै बागलुङको गलकोट नगरपालिका–७ स्थित खानेपानी आयोजनामा काम गर्न मजदुर हुन्। रक्सी खाएर सुत्न जाने बेला एक्कासि अवस्था गम्भीर भएपछि उनीहरूलाई धौलागिरि अस्पताल लगिएको थियो। तर उपचारका क्रममा आज बिहानै उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। 

रक्सीका कारण मृत्यु भएको हो वा अन्य कारण भन्ने विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .