ad ad

समाज


नाइजेरियामा एम्बुस आक्रमण, १३ प्रहरी मारिए

नाइजेरियामा एम्बुस आक्रमण, १३ प्रहरी मारिए

नेपालखबर
साउन ५, २०७८ मंगलबार ५:२६,

नाइजेरियाको उत्तरपश्चिमी राज्य जम्फारामा भएको एक एम्बुस आक्रमणमा १३ प्रहरी मारिएका छन्। 
 

प्रहरी स्रोतले सोमबार दिएको जानकारी अनुसार बंगुदु जिल्लाको कुरारा मोटा गाउँमा एक प्रहरी कार्यालयमा एम्बुस आक्रमण भएको हो। आक्रमणमा परी १३ प्रहरीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। 

उत्तरपश्चिमी नाइजेरियामा आपराधिक गिरोहहरूले आतङ्कित पारेका छन् ।  उनीहरूले गाउँमा छापा मार्ने, गाईवस्तु चोर्ने, फिरौतीको लागि अपहरण गर्ने र सरसमान लुटेर घर जलाउने काम गर्दै आएका छन्। 

आक्रमणकारीहरू नजिकैको जङ्गलमा लुक्न खोजिरहेका र यस जङ्गलमा उनीहरूको लुक्ने ठाउँ रहेको विश्वास गरिएको प्रहरीले जानकारी दिएको छ। डाकुहरूले यसअघि नजिकैको म्याग्मी समुदायलाई आक्रमण गर्ने प्रयास गरेका थिए । उक्त आक्रमण प्रयासलाई सेनाले विफल पारेका जनाइएको छ।  

गत दुई वर्षमा नाइजेरियाका ८० हजार भन्दा बढी व्यक्ति आतङ्कका कारण छिमेकी देश नाइजरमा विस्थापित भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .