ad ad

समाज


चोरीका दुई मोटरसाइकलसहित एक जना पक्राउ

चोरीका दुई मोटरसाइकलसहित एक जना पक्राउ

नेपालखबर
साउन ४, २०७८ सोमबार १६:३१,

महानगरीय ट्राफिक प्रहरी महाशाखाले पेशेवर रूपमै मोटरसाइकल चोरी गर्ने १ जनालाई २ वटा मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ। 

सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले भक्तपुर, कौशलटारबाट बा ९५ प २३३ नम्वरको केटीएम डुक २०० सीसीको मोटरसाइकललाई बिना साँचो डाईरेक्ट स्टार्ट गरी चलाई रहेको अवस्थामा कमलामाई नगरपालिका– ७, दोलखा घर भएका वर्ष १९ को विज्ञान भुजेललाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ।

सो मोटरसाइकल आइतबार विहान ८ः३० बजे भक्तपुर सानोठिमीबाट हराएको भनी बैदेश्वर गाउँपालिका – ३, दोलखा घर भएका कृष्ण कार्कीले महाशाखामा जानकारी गराएका थिए। चोरी भएको सूचना प्राप्त हुनासाथ ट्राफिक महाशाखाको सादा पोसाकको टोलीले  दिउँसो ३ बजे नै उक्त मोटरसाइकलसहित १ जनालाई नियन्त्रण लिन सफल भएको हो।

नियन्त्रणमा लिई थप अनुसन्धान र सोधपुक्ष पश्चात बा ८३ प ३३४५ नम्बरको २०० सीसी एनएस रातो पल्सर मोटरसाइकल समेत कौशलटारबाट बरामद गरेको छ। उक्त मोटरसाइकल जेठ १० गते बालकुमारी, ललितपुरबाट हराएको भनी गोदावारी नपा– ६, टिकाभैरव घर भएका लक्ष्मण रानाले हुलिया निवेदन दिएका थिए।

पक्राउ परेका व्यक्तिलाई मोटरसाइकलहरू सहित चोरी मुद्दामा अनुसन्धान कारबाहीका लागी महानगरीय प्रहरी बृत्त, ठिमीमा बुझाइएको  छ।

पछिल्लो समय उपत्यकाको बिभिन्न स्थानबाट चोरी भइ हराएका मोटरसाइकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निगरानी राखी विशेष कारबाही अभियान ट्राफिक महाशाखाले निरन्तर रूपमा चलाई राखेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .