ad ad

समाज


श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

नेपालखबर
साउन ४, २०७८ सोमबार १६:१९,

गौरादह नगरपालिका–१ मा पाँच दिनअघि श्रीमतीको हत्या गरी फरार अभियुक्त सजिलाल रिख्यासनलाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई आज बिहान मोरङको रङगेली नगरपालिका– ९ स्थित सखुवाथानमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।  उनले गत असार ३१ गते राति ३४ वर्षीया श्रीमती सङ्गीता टुटुलाई खेत नजिकै रहेको टहरामा लगि निर्मतापूर्वक कुटपिट गरी हत्या गरेका थिए।

श्रीमतीको हत्या गरी फरार रहेका सजिलाललाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .