भारतको मुम्बइमा बाढीको कारण घर भत्किँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ।
अत्यधिक बर्षापछि आएको ठूलो बाढी मुम्बइका बस्तीहरूमा पसेको हो। बाढीले धेरै भौतिक संरचनामा क्षति पु¥याएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
भारतको आर्थिक राजधानी मानिने मुम्बईमा बाढीका कारण ठूलो आर्थिक क्षतिसमेत भएको अधिकारीहरूले जानकारी दिएका छन्। बाढीले रेल सेवालगायतका यातायातसमेत अवरुद्ध हुँदा हजाराँै मानिस अलपत्र परेका छन्।
बाढीका कारण भत्किएको घरको पर्खालले मात्रै च्यापेर १७ जनाको मृत्यु भएको घटनास्थलमा पुगेका उद्धारकर्ताहरूले जानकारी दिएका छन् । अरूको अन्य ठाउँमा मृत्यु भएको हो।
मुम्बइको माहुल क्षेत्रमा स्थानीय समय अनुसार आइतबार दिउँसो १ बजे घटना भएको हो। घटनामा परी अरु सात जना घाइते समेत भएका छन् । उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।
Shares
प्रतिक्रिया