ad ad

समाज


मानवअधिकार आयोगले भन्यो : वैदेशिक रोजगारीमा जानेलाई कोभिड खोप दिनू

मानवअधिकार आयोगले भन्यो : वैदेशिक रोजगारीमा जानेलाई कोभिड खोप दिनू

नेपालखबर
साउन १, २०७८ शुक्रबार १५:१७,

राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीमा जानेलाई कोभिड खोपको व्यवस्था गर्न सरकारलाई पत्राचार गरेको छ। आयोगले शुक्रबार सीसीएमसीसहितका सरकारी निकायलाई पत्राचार गर्दै खोपको शुनिश्चित गर्न भनेको हो। 

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको लागि एक पटक मात्रै लगाए हुने र गन्तव्य मुलुकले समेत मान्यता दिएको खोपको व्यवस्था गर्न आयोगले सरकारलाई भनेको छ।

गन्तव्य मुलुकमा नेपाली श्रमिकलाई पर्न सक्ने कठिनाइ न्यूनीकरणका लागि आवश्यक सहजीकरण गर्न समेत आयोगले सरकारलाई आग्रह गरेको आयोगका प्रवक्ता डा. टीकाराम पोख्रेलले जानकारी दिए।

खोप नलगाइ जान कतिपय देशले प्रतिबन्ध लगाएको अवगत गराउँदै आयोगले कतिपय देशमा क्वारेन्टिन महंगो पर्ने पनि सरकार सम्झाएको छ। महँगो मूल्य तिरेर श्रमिकलाई आर्थिक भार नपार्न आयोगले भनेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि जोनसन एण्ड जोनसन खोपको व्यवस्था गर्न माग गरेको छ। 

जोनसन एण्ड जोनसन खोप को-भ्याक्समार्फत अमेरिकाले नेपाललाई १५ लाख डोज दिएको छ। यो खोप एक डोज मात्रै लगाए पुग्छ। २९ गतेबाट यो खोप लगाउन सुरु गरिएको छ। वैदेशिक रोजगारीमा जानेलाई यही खोप दिलाउन माग गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .