समाज


बालुवाटार जग्गा प्रकरणः गच्छदार अदालतमा उपस्थित, आजै थुनछेक बहस

बालुवाटार जग्गा प्रकरणः गच्छदार अदालतमा उपस्थित, आजै थुनछेक बहस

नेपालखबर
असार ३० ,

ललिता निवास प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार अदालतमा उपस्थित भएका छन्। 

नेपाली कांग्रेसका नेता गच्छदार बुधबार विशेष अदालतमा उपस्थित भएका हुन्। 

बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गर्ने काममा मन्त्रिपरिषदमा प्रस्ताव लैजान विभागीय मन्त्रीको रुपमा कार्य गरेको उनीमाथि आरोप छ। 

बुधबार अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेय रहेको इजलासमा थुनछेक बहस हुनेछ।

यसअघि अदालतले म्याद तामेल गर्नै एक वर्ष लगाएको थियो। तर म्याद तामेल गर्दा प्रक्रिया नमिलेपछि विशेष अदालतले दोस्रो पटक काठमाडौंस्थित निवासमा म्याद तामेल गरेको थियो। 

त्यसपछि पनि फरार रहँदै आएका गच्छदार बुधबार भने आफैँ उपस्थित भएका हुन्। 

गत फागुन २३ गते विशेष अदालतले सुनसरीस्थित उनको घरमा म्याद तामेल गरेको थियो। अदालतले १५ दिनभित्र उपस्थित हुन म्याद तामेल गरे पनि गच्छदार उपस्थित भएका थिएनन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते उनीसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।

उनको घरमा म्याद टाँस गर्नुअघि म्याद तामेल गर्न पठाइएकामा म्याद बुझ्न गच्छदारले अस्वीकार गरेका थिए।

सरकारी जग्गा कीर्ते गरेर व्यक्तिको नाममा पास गराउने कार्यमा गच्छदार संलग्न रहेको अख्तियारको आरोप छ। 

भ्रष्टाचारको आरोप लागेसँगै गच्छदार सांसदबाट निलम्बन भइसकेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐनको दफा १७ अनुसार सार्वजनिक पदधारण गरेको व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा चलेमा छिनोफानो नहुन्जेल निलम्बन हुने व्यवस्था छ।

माधवकुमार नेपाल प्रधानमन्त्री छँदा गच्छदार भौतिक पूर्वाधारमन्त्री थिए। गच्छदारले नै बालुवाटारको जग्गा सट्टापट्टा गरेर सडक विस्तार गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेस गरेका थिए। सोही समयमा सरकारी जग्गा व्यक्तिको नाममा पुगेको थियो।

तर गच्छदारले आफूले विभागीय मन्त्रीका हिसाबमा प्रस्ताव लगे पनि आफ्नो कुनै संलग्नता नरहेको र मन्त्रिपरिषद्ले नै निर्णय गरेको सार्वजनिक रूपमा बताउने गरेका छन्।

यसअघि गत कात्तिक २२ गते अख्तियारले गच्छदारसँग बयान लिएको थियो।

ललिता निवासको १ सय १३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाई हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डेढ वर्षपहिले माघमा विशेष अदालतमा १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको हो।

त्यसमा पूर्वमन्त्री, उच्च अधिकारीलगायतलाई अभियुक्त बनाइएको छ। मुद्दाबारे विशेष अदालतले सुनुवाइ गरिरहेको छ। कोही धरौटीमा छुटेका छन् भने कोही पुर्पक्षका लागि थुनामा छन्।

गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ मागदाबीसहित विशेष अदालतमा मुद्दा दर्ता छ।

याे पनि- 
ललिता निवास जग्गा प्रकरण : दैलोमा टाँसिएको म्याद पनि गुजार्दै गच्छदार

असार ३०, २०७८, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad