ad ad

समाज


‘डलर खाएको’ आरोप लागेपछि रूपा सुनारले भनिन् : त्यो पोस्टरबाट मेरो नाम हटाइदिनू

‘डलर खाएको’ आरोप लागेपछि रूपा सुनारले भनिन् : त्यो पोस्टरबाट मेरो नाम हटाइदिनू

नेपालखबर
असार ३०, २०७८ बुधबार ११:४,

डेरा खोज्दा घरबेटीबाट जातीय विभेद भएपछि न्यायका लागि कानुनी लडाइँ गरिरहेकी सञ्चारकर्मी रूपा सुनारले गैरसरकारी संस्थाहरूले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी नहुने घोषणा गरेकी छन्। 

जातीय छुवाछुतविरुद्ध न्याय माग्दा आफूविरुद्ध ‘डलर खाएको’ अफवाह फैलाइरहेकाले सुनारले विभिन्न गैरसकारी संस्थाले आयोजना गर्ने बहस कार्यक्रममा निमन्त्रणा गरिए पनि आफू सहभागी नहुने जानकारी गराएकी हुन्। 

यस क्रममा उनले कार्यक्रमको पोस्टरमा वक्ताका रूपमा राखिएको आफ्नो तस्बिरसमेत हटाउन आयोजकलाई आग्रह गरेकी छन्।

सञ्चारकर्मी सुनारले भनेकी छन्, ‘केही दिनअघि सीताराम घले दाइले ‘यही (आगामी) शनिबार जुममा एउटा कार्यक्रम गर्दै छौं, तपाईंले आफ्नो कुरा राखिदिनुु भनेपछि मैले हुन्छ भनेकी थिएँ। आज यही पोस्टरबाट जानकारी पाएँ कि यो कार्यक्रम विभिन्न संस्थाहरूको प्रायोजनमा हुँदै रहेछ। यतिबेला आफूमाथि भएको जातीय विभेदको घटनामा न्यायका लागि कानुनी प्रक्रियामा रहँदा ममाथि ‘डलर खाएर प्रायोजित रूपमा अघि बढेको’ भन्ने झुटो अफवाहसमेत फैलाइएको अवस्था रहेको हुँदा आईएनजीओकै समेत प्रायोजनमा हुने यो कार्यक्रममा म सहभागी हुन नसक्ने जानकारी गराउँदै यस पोस्टरबाट मेरो फोटो हटाइदिनुहुन समेत अनुरोध गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .