ad ad

समाज


भारतमा घट्न थाल्यो कोरोना संक्रमण

भारतमा घट्न थाल्यो कोरोना संक्रमण

नेपालखबर
असार ३०, २०७८ बुधबार ५:४१,

भारतमा कोरोना भाइरसको संक्रमणमा कमी आउन थालेको छ। त्यहाँ मंगलबार पछिल्लो चार महिनायताकै सबैभन्दा थोरै सङ्क्रमित भएका छन्। 

सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार भारतमा मंगलबार ३१ हजार ४ सय ४३ जनामा मात्रै संक्रमण पुष्टि भएको छ। यो चार महिनायताकै सबैभन्दा कम संक्रमण हो।

सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले नयाँ थपिएकासँगै भारतमा सक्रिय  सङ्क्रमितहरूको सङ्ख्या चार लाख ३१ हजार ३ सय १५ पुगेको छ। यो सङ्ख्या पनि १०९ दिनपछिकै सबैभन्दा कम हो।

अधिकारीहरुका अनुसार अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या कूल सङ्क्रमितहरूको १.४० प्रतिशत हो।   

कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमण मुक्त भएकाहरूको सङ्ख्या भारतमा तीन करोड ६३ हजार ७ सय २० पुगेको छ। तीमध्ये पछिल्लो एक दिनमा ४९ हजार सात जना सङ्क्रमणमुक्त भएका छन्।     

भारतमा कोरोना सङ्क्रमितमध्ये अहिलेसम्म ९७.२८ प्रतिशत सङ्क्रमण मुक्त भएका छन्।

महामारी नियन्त्रणका लागि भारतमा गत जनवरी १६ देखि खोप अभियान सञ्चालन भइरहेको छ। अभियानअन्तर्गत अहिलेसम्म ३८.१४ करोड मानिसलाई खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .