ad ad

समाज


सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौलासहित चार जना २३ दिन हिरासत बसेर छुटे

सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौलासहित चार जना २३ दिन हिरासत बसेर छुटे

फाइल फाेटाे


नेपालखबर
असार २९, २०७८ मंगलबार १८:३३,

आफूलाई सामाजिक अभियन्ता बताउने चार जना २३ दिन हिरासत बसाइपछि रिहा भएका छन्। जिल्ला अदालत काठमाडौंले मंगलबार उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले ज्वाला भनिने टीका संग्रौला, शर्मिला वाइवा भनिने शर्मिला राई, यमबहादुर खड्का र हिमाल प्रसाद उपाध्यायलाई कुनै मुद्दामा धरौटी र कुनैमा साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो। 

उनीहरूविरुद्ध जिल्ला अदालतमा जातीय तथा सामाजिक विभेदसम्बन्धी कसुर, अभद्र व्यवहार र लिखत सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो। यस्तै, ट्राफिक प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी सहायक निरीक्षक मणिकान्त झामाथि असार ६ गते जातीय तथा सामाजिक विभेद गरेको अभियोग छ।

यो कसुरमा तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ कानुनी व्यवस्था छ। 

ज्वाला र उनका पति हिमालविरुद्ध प्रहरीले कीर्तेमा पनि मुद्दा चलाएको थियो। सरकारी कागजात कीर्ते गरेको अभियोग छ।

कीर्ते कसुरमा ज्वालालाई साधारण तारेख र हिमाललाई एक लाख धरौटी माग भएको जिल्ला अदालतले जनाएको छ।

उनीहरुले नाता प्रमाणित, अविवाहिताको प्रमाणपत्र, जन्मदर्ता लगायतका कागजात कीर्ते गरेको अनुसन्धानमा देखिएको छ।

अभद्र व्यहारको मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीन जनालाई जनही १० हजार रुपैयाँ धरौटी माग गरेको थियो। खड्का भने यो कसुरमा संलग्न थिएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .