ad ad

समाज


लगातार एक हप्तादेखि कोरोना संक्रमणमुक्त हुनेभन्दा संक्रमितको संख्या धेरै

लगातार एक हप्तादेखि कोरोना संक्रमणमुक्त हुनेभन्दा संक्रमितको संख्या धेरै

नेपालखबर
असार २७, २०७८ आइतबार १७:०,

गएको २४ घण्टामा नेपालमा १ हजार ८३१ जनामा कोरोना भाइरसको संक्रण देखिएको छ। 

९ हजार २१८ को परीक्षण गर्दा सो संख्यामा संक्रमित देखिएका हुन्। 

यो अवधिमा १ हजार ५३३ जना संक्रमणमुक्त भएका छन्। 

निषेधाज्ञा खुकुलो भएयता करिब एक हप्तादेखि नेपालमा कोरोना संक्रमणमुक्त हुनेभन्दा संक्रमित हुनेको संख्या धेरै देखिएको छ। 

आज २० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सहित नेपालमा कोरोना संक्रमणका कारण ९ हजार ३८२ जनाले ज्यान गुमाएका छन्।

आज काठमाडौं उपत्यकामा ३९१ जनामा संक्रमण  पुष्टि भएको छ जसमा काठमाडौं २६३, ललितपुर ९७ र भक्तपुर ३१ जना रहेका छन्।

हिजो नेपालमा २ हजार १६९ जना संक्रमित थपिएका थिए भने  १ हजार ४३२ जना कोरोना मुक्त भएका थिए।

नेपालमा हालसम्म ६ लाख ९९ हजार ८८ जनामा संक्रमण पुष्टि भइसकेको छ भने ६ लाख १९ हजार ८९४ जना निको भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .