मित्र कुन्ज स्थापनाको ५४ वर्षको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ।
मित्र कुन्ज तत्कालिन सोभियत संघ र रसियाबाट अध्ययन गरेर फर्केका विद्यार्थीहरुको संस्था हो।
महामारीको समयमा रगतको अभाव आउन नदिन सानो प्रयास गरेको मित्र कुन्जका अध्यक्ष ईन्जिनियर ध्रुब महर्जनले बताए।
कमल पोखरी स्थित रुसी सांस्कृतिक केन्द्रमा भएको उक्त कार्यक्रमा २० जनाले रक्तदान गरेका थिए।
सो अवसरमा विभिन्न देशबाट भर्चुअल माध्यमबाट शुभकामना दिइएको थियो।
प्रतिक्रिया