ad ad

समाज


अमेरिकी अनुसन्धानको दाबीः मोबाइल फोनको अत्यधिक प्रयोगले क्यान्सरको खतरा!

अमेरिकी अनुसन्धानको दाबीः मोबाइल फोनको अत्यधिक प्रयोगले क्यान्सरको खतरा!

नेपालखबर
असार २५, २०७८ शुक्रबार १६:४६,

स्मार्टफोनको अत्यधिक प्रयोगले क्यान्सर हुने खतरा बढ्ने अमेरिकाका वैज्ञानिकले बताएका छन्। 

क्यालिफोर्निया युनिभर्सिटीका अनुसन्धानकर्ताले गरेको अनुसन्धानअनुसार १० वर्षसम्म दैनिक १७ मिनेट मोबाइल प्रयोग गरियो भने क्यान्सरको गाँठो बन्ने जोखिम ६० प्रतिशतसम्म बढ्ने देखाएको हो। 

मोबाइल फोन र मानव स्वास्थ्यसँग सम्बन्धित ४६ किसिमका अध्ययनपछि यस्तो तथ्य पत्ता लागेको वैज्ञानिकले दाबी गरेका छन्। 

अनुसन्धानकर्ताले भनेका छन्, ‘मोबाइलको सिग्नलबाट निस्किने रेडिएसनले शरीरमा स्ट्रेस प्रोटिन बढाउँछ, जसले डीएनएलाई ड्यामेज पार्छ।’ 

तर अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन मोबाइल फोनबाट निस्किने रेडियो फ्रिक्वेन्सी स्वास्थ्यका लागि खतरा हुन्छ भन्ने कुरा अस्वीकार गर्छ। 

मोबाइलको साटो ल्यान्डलाइन फोन प्रयोग गर्नु राम्रो
क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्ताले अमेरिका, स्विडेन, बेलायत, जापान, दक्षिण कोरिया र न्युजिल्यान्डमा गरेको अनुन्धानबाट मोबाइल फोनको ज्यादा प्रयोगले क्यान्सरको खतार हुने दाबी गरेका हुन्। 

अनुसन्धानले भनेको छ : मोबाइल फोन प्रयोग गर्ने मानिसको संख्या विश्वभर बढ्दो छ। सन् २०११ सम्म ८७ प्रतिशत घरमा मोबाइल फोन थिए, सन् २०२० मा यो संख्या बढेर ९५ प्रतिशत पुगेको छ।’

अनुसन्धानकर्ता जोएल मोसकोभिट्स भन्छन्, ‘मानिसले मोबाइल फोनको प्रयोग घटनाउनुपर्छ। सकेसम्म यसलाई शरीरबाट टाढा राख्नुपर्छ र ल्यान्डलाइन फोनको प्रयोग गर्नुपर्छ। फोनको अत्यधिक प्रयोग र क्यान्सरबीचको सम्बन्ध विवादित छ, यो संवेदनशीले राजनीतिक विषय हो।’

उनका अनुसार वायरलेस डिभाइस रेडिएसनले इनर्जीलाई अधिक एक्टिभ गराउँछ। यसो हुँदा कोशिकाको काम गर्ने बाटोमा अवरोध पुर्याउँछ। परिणाम– शरीरमा स्ट्रेस प्रोटिन तथा फ्रि– रेडिकल्स बन्छ। यसले डीएनएलाई पनि ड्यामेज गर्न सक्छ। 

रेडियो फ्रिक्वेन्सी रेडिएसनले स्वास्थ्यमा पार्ने असरबारे धेरै अनुसन्धान हुन पाएको छैन, किनकि अमेरिकाको सरकारले सन् १९९० मा अनुसन्धानका लागि दिने अनुदानमा रोक लगाइदियो। 

सन् २०१८ मा नेसनल इन्स्टिच्युट अफ एनभाएरमेन्टल हेल्थ साइन्सको अनुसन्धानले देखाएको थियो– मोबाइल फोनको रेडिएसनबाट क्यान्सर हुन सक्छ। तर एफडीएले यो कुरा मानिसमा लागू हुन नसक्ने दाबी गर्दै खारेज गरेको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .