ad ad

समाज


रौतहटमा जग्गाको विषयमा झडप, १० जना घाइते

रौतहटमा जग्गाको विषयमा झडप, १० जना घाइते

नेपालखबर
असार २५, २०७८ शुक्रबार १२:२८,

रौतहटको चपुरमा दुई समूहबीच झडप हुँदा १० जना घाइते भएका छन्। 

जग्गाको विषयमा पहिलेदेखि नै रिसइबी रहेको र स्थानीय श्रीराम चौधरी र गाउँलेको बीचमा झडप भएको प्रहरीले जनाएको छ। 

गाउँलेले सार्वजनिक जग्गा भने पनि श्रीराम चौधरीले आफ्नो नाममा बनाएपछि गाउँलेले उनलाई बहिष्कार गरेका थिए। 

बिहीबार धान रोपाइ सकिएपछि गाउँलेले भोज गरिरहेको ठाउँमा श्रीरामले १० वटा मोटरसाइकलमा बाहिरबाट युवाहरु लिएर गएपछि झडप भएको हो। 

झडपको क्रममा जगनारायण चौधरी, श्रीराम चौधरी र लक्ष्मी चौधरीको घर तोडफोड भएको छ ।  

झडपमा घाइतेको चन्द्रनिगाहपुरस्थित अस्पतालमा उपचार भइरहेको रौतहट प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .