ad ad

समाज


भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

नेपालखबर
असार २५, २०७८ शुक्रबार ५:३४,

भक्तपुरमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ।

बिहीबार साँझ काठमाडौंबाट भक्तपुर तर्फ जाँदै गरेको बा ३९ प ३६५२ नम्बरको मोटरसाइकल मध्यपुर ठिमी नगरपालिका ४ सारदोबाटोमा आफैँ अनियन्त्रित भइ दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

दुर्घटनामा संखुवासभा घर भइ हाल सिन्धुपाल्चोकको बाह्रबिसे बस्ने ४३ वर्षीय प्रकाश भट्टराईको मृत्यु भएको परिसरका प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका भट्टराईको उपचारको क्रममा भक्तपुरको मध्यपुर अस्पतालमा मृत्यु भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .