ad ad

समाज


सेनाको नजरबन्दमा रहेकी नेतृ आङ साङ सुचीले कोरानाको खोप पूर्ण रुपमा लगाइन्

सेनाको नजरबन्दमा रहेकी नेतृ आङ साङ सुचीले कोरानाको खोप पूर्ण रुपमा लगाइन्

आङ साङ सुची


नेपालखबर
असार २३, २०७८ बुधबार १२:४३,

म्यान्मारको लोकतान्त्रिक नेृत आङ साङ सुचीले कोरोनाविरुद्धको खोप पूर्ण रुपमा लगाएकी छिन्।

बर्माको लागि बीबीसी सेवाका अनुसार सेनाको नजरबन्दमा रहेकी सुचीले पूर्ण रुपमा खोप लगाएको जानकारी उनका वकिलले दिएका हुन्।

तर ७६ वर्षकी उनले कुन कहिले र कम्पनीको खोप लगाएको भनेर केही खुलाइएको छैन।

गत फेब्रुअरी १ देखि म्यान्मारको सत्ता सेनाको कब्जामा छ। त्यहाँका हालका कार्यकारी प्रमुख सेना प्रमुख मिन अङ लाइङ हुन्।

उनले सुचीको पार्टी एनएलडीले गत नोभेम्बरको चुनावमा धाँधली गरेर बहुमत ल्याएका कारण देशका सैनिक शासन लागू गर्न आफूहरु बाध्य भएको बताएका छन्।

त्यहाँ एक वर्षसम्म संकटकाल लागू गरिएको छ। लोकतन्त्र पुनर्स्थापनाको लागि आन्दोलन गर्ने व्यक्तिमाथि सरकारले गोली हान्न नै आदेश दिएको छ।

जसका कारण हालसम्म त्यहाँ ८५० भन्दा बढी सर्वसाधारणको ज्यान गइसकेको छ। 

हाल सुचीमाथि सेनाले विभिन्न कानुनहरु उल्लंघन गरेको आरोप लगाएर अनुसन्धान गरिरहेको छ।

ती विषयमा उनी दोषी ठहरिए सुचीलाई १५ वर्षसम्म जेल सजाय हुनसक्ने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .